नियम ४८क
स्वघोषणा फाराम भर्नुपर्ने
(१) मुद्दा वा रिटनिवेदन दर्ता गर्दा वा प्रतिउत्तरपत्र वा लिखित जवाफ पेश गर्दा वा अभियुक्तको बयान गर्दा सम्बन्धित पक्षले आफ्नो विवरण अनुसूची- रक. बमोजिमको स्वघोषणा फाराममा भरी अदालत समक्ष पेश गर्नु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायका पक्षहरूको तर्फबाट त्यस्तो फाराम पेश गर्नु पर्नेछैनः-

(क) नेपाल सरकार पक्ष वा विपक्ष भएको मुद्दा वा रिटमा नेपाल सरकारको तर्फबाट। (ख) अद्यावधिक गर्नुपर्नेमा बाहेक कुनै तहको अदालतमा त्यस्तो फाराम पेश गरिसकेका पक्षको तर्फबाट।

(३) उपनियम (१) बमोजिम पेश भएको स्वघोषणा फाराम बमोजिमको विवरण

सम्बन्धित फाँटले मुद्दा व्यवस्थापन सफ्टवेयरमा प्रविष्ट गरी अद्यावधिक गर्नु पर्नेछ।